उज्यालो नेपाल पार्टीको माग: सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गरियोस्

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते ९:३३ मा प्रकाशित

काठमाडौं-उज्यालो नेपाल पार्टीले सुकुमवासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेको छ ।

बस्ती हटाउने प्रक्रिया सुरु भएसँगै विज्ञप्ति जारी गर्दै पार्टीले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थित पुनःस्थापना गर्नुपर्नेमा जोड दिएको हो ।
विज्ञप्तिमा बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरिएको छ ।

साथै, प्रभावितहरूलाई उचित र दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरिएको छ ।
पार्टीले समस्या समाधानका लागि संवाद र सहमतिको मार्ग रोज्न सबै पक्षलाई आह्वान पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us