रास्वपा सांसद पोखरेललाई पदमुक्त गरेर घर पठाउन महावीर पुनको माग

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १०:४१ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख- स्वतन्त्र सांसद महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् विश्वराज पोखरेललाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

पूर्वशिक्षामन्त्रीेसमेत रहेका पुनले पोखरेललाई बर्खास्त गर्न रास्वपासँग माग गरेका हुन् । आफूलाई स्वागत गर्न नआएको भन्दै पोखरेलले एक प्रधानाध्यापकलाई धम्की दिएको विषयमा उनको भनाइ केन्द्रित थियो ।

‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँकोठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्छ,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनुपर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्योा कि त सारा जनताले फिर्ता बोलाउनु पर्योु । सासंद पदको बेइज्जत नै गर्यो त ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us