थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– सरकारले थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू भत्काउन सुरु गरेको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार, बस्ती पूर्ण रूपमा खाली भएको छ ।

थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६ वटा परिवार मात्रै सम्पर्कमा आएको सरकारले बताएको छ । ६ परिवारका सदस्यहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिएको छ ।

रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध मिलाउने सरकारले बताएको छ । सरकारले शनिबार बिहानबाट बस्तीका टहरा हटाउन थालेको थियो । त्यसअघि आफैं स्थानान्तरण गरेर जान चाहनेलाई प्रहरी समन्वय गरेर गन्तव्यमा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us