सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे ।

बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेको उनले जानकारी दिए । उनले भने, ‘बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौं ।’

सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेसँगै परिश्रमी पक्राउ पर्नुले उक्त घटनासँग जोडेर समेत हेर्ने गरिएको छ । यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको आरोप थियो । त्यतिबेला परिश्रमीविरुद्ध मुद्दा चलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us