काठमाण्डू, ११ वैशाख– सरकारले काठमाण्डूको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि उक्त स्थानमा बसोबास गरिरहेकाहरूले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराएका छन् ।
सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । उनीहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण बुझाएर फर्किएका सुकुम्वासीका प्रतिनिधिले भने, ‘सरकारले सुकुमवासी बस्ती हटाउने भनेपछि यहाँ बस्तीमा बस्दै आएकाहरू अहिले बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय घेराउमा आएका हौं ।’
उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै यसबारे ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण पत्र बुझ्दै केन्द्रीय सदस्य साउदले मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र पार्टीको तर्फबाट सरकारमा रहेका नेताहरूले पनि यसमा ध्यान दिने बताएको उनले जानकारी दिए ।