सुकुम्वासी बस्ती हटाउनेबारे सरकारलाई सोध्नूः रास्वपा

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुम्वासी बस्ती हटाउनेबारे पार्टीलाई जानकारी नभएको तर्क गरेको छ ।

शनिबार (वैशाख १२)देखि नै सुकुम्वासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको बेलामा सत्तामै रहेको दलले सरकारलाई नै थाहा हुने बताएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले सुकुम्वासी समस्याबारे सरकारलाई नै सोध्न आग्रह गरेका छन् । सुकुम्वासी हटाउने विषयबारे पार्टीमा छलफल भएको छ कि छैन, रास्वपाको धारणा के हो ?

भन्ने बाह्रखरीको प्रश्नमा झाले भने, ‘त्यो विषयबारे सरकारका प्रवक्तालाई नै सोध्नू ।’ फागुन २१ गतेको प्रतिनिधिसभा चुनावअघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा पुगेर कसैले डोजर चलाउँछ भने आफू सबैभन्दा पहिला छाती थाप्न जाने आश्वासन दिएका थिए ।

शनिबारदेखि बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध सुकुम्वासीहरू प्रदर्शनमा उत्रिसकेका छन् । उनीहरूले सभापति लामिछानेलाई छाती थाप्न आउन आग्रह गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us