समाचार

७२ जिल्लामा फैलियो डेंगु

२०८१ असार २ गते १५:४४

काठमाण्डु, २ असार– पछिल्लो समय देशभरका ७७ मध्य ७२ जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार...

सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: सचिव भट्टराई

२०८१ असार २ गते १५:३८

काठमाण्डु, २ असार– एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले योजना बैंकबाट भन्दा पनि सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्याएको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र...

श्रीमान् अध्यक्ष, श्रीमती व्यवस्थापक भएर कृषि विकास बहुउद्देश्यीय सहकारीको ९४ करोड २३ लाख रकम अपचलन गरेको आरोपमा गोकर्णबाट पक्राउ

२०८१ असार २ गते १५:२३

काठमाण्डु, २ असार– प्रहरीले ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर घर भएका ५३ वर्षीय भीमसेन महर्जन, काठमाण्डु महानगरपालिका–६ चाबहिल घर भएका ४७ वर्षीय सञ्जय सापकोटा , तेजविक्रम थापा...

असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा: प्रधानमन्त्री प्रचण्ड

२०८१ असार २ गते १४:३२

काठमाण्डु, २ असार–  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने गरी तयारी सुरु गरेका छन । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल जारी राखेका छन । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर...

रौतहटमा एक युवाको शव फेला

२०८१ असार २ गते १४:१६

काठमाण्डु, २ असार– रौतहटमा एक जनाको शव फेला परेको छ । गौर नगरपालिका– ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका...

काठमाण्डुको गर्मी ३५ वर्षयताकै उच्च

२०८१ असार २ गते १४:०७

काठमाण्डु, २ असार– काठमाण्डुको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । आज शनिबार काठमाण्डुको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड गरीएको हो । काठमाण्डुको ०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे...

हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिनुस्: अध्यक्ष लिङ्देन

२०८१ असार २ गते १३:४६

काठमाण्डु, २ असार– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिन माग गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन । उनले हाइड्रोजनको गाडी गुडाएर काठमाण्डु विश्वविद्यालयले देखाइसकेको पनि बताएका छन ।...

काठमाण्डुमा कबाड व्यवसायीको प्रदर्शन

२०८१ असार २ गते १३:३८

काठमाण्डु, २ असार– काठमाण्डु महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा काठमाण्डु उपत्यकामा कबाड व्यवसायीले प्रदर्शन गरेका छन् । उनीहरुले आज (आइतबार) माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा...

राज्यव्यवस्था समितिमा एनजीओको खाजा, गृहमन्त्री लामिछानेको बहिष्कारपछि बैठक नै स्थगित

२०८१ असार २ गते १३:३२

काठमाण्डु, २ असार– आज (आइतबार) बिहान सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा अचम्मको दृश्य देखियो । बिहान ८ बजेका लागि बोलाइएको बैठकको विषय रहेको थियो– ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ।’ तर...

कांग्रेस–एमालेको बहिस्कारपछि काठमाण्डु महानगरको नगरसभाको बैठक स्थगित

२०८१ असार २ गते १२:१७

काठमाण्डु, २ असार– काठमाण्डु महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि आज बस्ने भनिएको नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि काठमाण्डु...

बजेट स्थानीय तह केन्द्रित हुन सकेन: कांग्रेस सांसद खतिवडा

२०८१ असार २ गते १२:०९

काठमाण्डु, २ असार– कांग्रेस सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको दाबी गरेका छन । आज आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव...

महानगरका जनप्रतिनिधिलाई मेयर बालेनको चेतावनी– ‘कांग्रेस, एमालेको धङ्धङी बोकेर नआउनुहोला’

२०८१ असार २ गते १२:०२

काठमाण्डु, २ असार– काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरेका छन । मेयर बालेनले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने जानकारी दिएका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us