नारायणगढ -मुग्लिङ सडकमा पहिरो, यातायात ठप्प

काठमाण्डु टुडे २०८३ साउन १२ गते ९:२९ मा प्रकाशित

चितवन- मुग्लिङ–नारायणगढ सडकखण्डमा मंगलबार बिहान सुख्खा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो व्यस्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बिहान करिब ८:३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजार नजिक सार्वजनिक शौचालय आसपासको भिरबाट पहिरो झरेपछि दुवैतर्फका सवारीसाधन रोकिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी डोजर परिचालनको तयारी भइरहेको छ ।

उनका अनुसार सडक खुलाउन अझै करिब दुई घण्टा लाग्न सक्ने अनुमान गरिएको छ ।

सडक अवरुद्ध भएसँगै दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us