काठमाण्डु, २ असार– काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरेका छन ।
मेयर बालेनले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने जानकारी दिएका छन ।
उनले महानगरपालिकाको नगरसभा स्थगित भएपछि सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘ काठमाण्डु महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन ।
जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । ’ बालेनले थप भनेका छन्–नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन ।
१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन ।’