काठमाण्डू, १२ साउन– डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि मोरङ प्रशासनले जिल्लामा डिजे (ठूलो आवाज दिने साउन्डसिस्टम) प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै मोरङ जिल्लाभर डिजे प्रयोग गर्न निषेध गरेको हो । सुनसरीको देवागञ्ज गाउँपालिका– ३ कप्तानगञ्जमा आइतबार राति डिजे बजाउने विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।
९ जना घाइते भएका छन् । सो घटनाको विरोधमा मोरङमा पनि प्रदर्शन भइरहेको छ । छिमेकी जिल्लामा भएको घटनापछि मोरङ प्रशासनले डिजे प्रयोगमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।