सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०८३ साउन १२ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, १२ साउन– सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले उक्त ऐनविरुद्ध रिट दर्ता गराएका हुन् ।

संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना निकाल्नुपर्ने व्यवस्था हटेको, जसका कारण मिडियाहरू आर्थिक संकटमा पर्नसक्ने लगायतका जिकिर गर्दै उनीहरूले रिट दर्ता गराएका हुन् ।

उक्त रिटले कानुनी व्यवस्थामाथि प्रश्न उठाइएको निवेदन सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us