७२ जिल्लामा फैलियो डेंगु

काठमाण्डु टुडे २०८१ असार २ गते १५:४४ मा प्रकाशित

काठमाण्डु, २ असार– पछिल्लो समय देशभरका ७७ मध्य ७२ जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ ।

इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७१ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन । सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको ईडीसीडीको पछिल्लो तथ्यांकमा उल्लेख गरीएको छ ।

मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाले जानकारी दिएको छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us