रौतहटमा एक युवाको शव फेला

काठमाण्डु टुडे २०८१ असार २ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, २ असार– रौतहटमा एक जनाको शव फेला परेको छ । गौर नगरपालिका– ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन ।

प्रहरीले भने शव फेला परे पनि हत्या भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ ।

गौर नगरपालिका– ५ का अध्यक्ष शिवशंकर यादवले भने मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको आशंका गरे ।

‘२० वर्षीय युवक राहुल मेहताको शव जुन अवस्थामा भेटिएको छ त्यसले हत्या भएको हो भन्ने देखाउँछ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us