कांग्रेस–एमालेको बहिस्कारपछि काठमाण्डु महानगरको नगरसभाको बैठक स्थगित

काठमाण्डु टुडे २०८१ असार २ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, २ असार– काठमाण्डु महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि आज बस्ने भनिएको नगर सभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो ।

कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि काठमाण्डु महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिए लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए ।

बैठक स्थगित भएपछि मेयर शाहले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us