बजेट स्थानीय तह केन्द्रित हुन सकेन: कांग्रेस सांसद खतिवडा

काठमाण्डु टुडे २०८१ असार २ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, २ असार– कांग्रेस सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको दाबी गरेका छन । आज आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन ।

उनले अहिले बनाउनुपर्ने स्थानीय तह भए पनि बजेटमा सङ्घ केन्द्रित गरिएको बताएका छन । उनले प्रदेश र स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा उल्लेख हुन नसकेको भन्दै उनले प्रशासनमा प्रशासकीय प्रमुखहरू एक महिनामा ४ पटकसम्म परिवर्तन हुने पद्धति रहेकोमा यसलाई अन्त्य गर्न आवश्यक रहेको बताएका छन ।

उनले विगतकै पद्धतिको निरन्तरता हुने हो भने सङ्घीयता र अहिले बनाएका कानुनको अर्थ नहुने पनि बताएका छन । उनले सामान्य प्रशासन र सङ्घीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरू स्थापित गर्नुपर्ने पनि बताएका छन । सुशासन झनै कमजोर हुँदै गइरहेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us