समाचार

मापसे गरेर होहल्ला गर्ने कार्यालय प्रमुख दाहाल प्रहरीको नियन्त्रणमा

२०८१ असार ४ गते १३:००

काठमाण्डु, ४ असार– प्रहरीले मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाललाई नियन्त्रणमा लिएको छ । मापसे गरेर होहल्ला गरेको, सर्वसाधारणलाई गाली गरेको भन्दै गुनासो आएपछि सोमबार प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको प्रहरीेले जानकारी दिएको छ ।...

प्रतिनिधि सभामा बजेटमाथिको छलफल सकिंदै

२०८१ असार ४ गते १२:५१

काठमाण्डु, ४ असार– प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ । मंगलबार...

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

२०८१ असार ४ गते १२:४६

काठमाण्डु, ४ असार– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । उनले भने, ‘म कम...

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

२०८१ असार ४ गते १२:४१

काठमाण्डु, ४ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो...

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असार ३ गते १८:३६

काठमाण्डु, ३ असार– पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा –३ का ५६ वर्षीय विमल प्रसाद पन्त रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बेलुका घरमा बसिरहेको बेला विमलमाथि चट्याङ खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध...

बैतडीमा बेपत्ता पुरूष मृत अवस्थामा भेटिए, हत्याको आशंका

२०८१ असार ३ गते १७:५२

काठमाण्डु, ३ असार– बैतडीमा ३ दिनदेखि बेपत्ता भएका एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव पाटन–पञ्चेश्वर–मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिएका...

जंगली च्याउ खाँदा ५ जना बिरामी

२०८१ असार ३ गते १७:३५

काठमाण्डु, ३ असार– तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका खुलेको प्रहरीले जानकारी दिएको छ । बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया...

घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असार ३ गते १७:०४

काठमाण्डु, ३ असार– मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय वीरबहादुर प्रजा रहेका छन । आज बिहान जिल्लाको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक...

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

२०८१ असार ३ गते १५:३७

काठमाण्डु, ३ असार– मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थला परेका थिए । अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी...

६ किलो सुनसहित पक्राउ परेका चिनियाँको साथमा नेपाली नागरिकता

२०८१ असार ३ गते १५:०९

काठमाण्डु, ३ असार– काठमाण्डुको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता फेला परेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता उनको साथमा भेटिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन । गुरुङले तस्करीको सुनको रकम...

आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु

२०८१ असार ३ गते १५:०५

काठमाण्डु, ३ असार– नेपाल सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति जुटेको छ । आज सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता लिने सहमति भएको स्रोतले जानकारी दिएको छ । समितिले १५...

काठमाण्डुबाट ६ केजी सुन र ४८ लाख नगद सहित चिनियाँ नागरिक पक्राउ

२०८१ असार ३ गते १४:१८

काठमाण्डु, ३ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाण्डुबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेको बताइएको छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us