समाचार

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

२०८१ असार ४ गते १७:१९

काठमाण्डु, ४ असार– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन । उद्योगमन्त्री गोयललाई आज बधाई सन्देश पठाउँदै उनले नेपाल र भारतबिच मित्रता, गहिरो...

लागुऔषध सहित एक जना पक्राउ

२०८१ असार ४ गते १७:०६

काठमाण्डु, ४ असार– प्रहरीले नवलपरासी पश्चिमबाट अवैध लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार...

सिरहामा कुटपिट गरी एक युवकको हत्या

२०८१ असार ४ गते १६:३४

काठमाण्डु, ४ असार– सिरहाको धनगढीमाई नगरपालिका–१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या भएको खुलेको छ । हत्या गरेको अभियोगमा सिरहा प्रहरीले नरहा गाउँपालिका–१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति पक्राउ गरेको छ । उनीहरूले शनिबार राति...

प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छः कांग्रेस सांसद पौडेल

२०८१ असार ४ गते १६:१७

काठमाण्डु, ४ असार– कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको दाबी गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद पौडेलले यस्तो बताएका हुन । उनले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन । गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै...

८२५ जना शिक्षकले राजनीतिक दलको सदस्‍यता त्याग गरेको शिक्षामन्त्रीको दाबी

२०८१ असार ४ गते १६:१०

काठमाण्डु, ४ असार– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरेकी छन । आज (मंगलबार) शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन । यस्तै उनले आफ्नो सय दिनको उपलब्धीमा उजुरीमा ४५...

गृहमन्त्रीले प्रहरीको चेन अफ कमाण्डलाई ब्रेक गर्ने गम्भीर गल्ती गरे: कांग्रेस सांसद केसी

२०८१ असार ४ गते १६:०५

काठमाण्डु, ४ असार– पूर्व मन्त्री एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभाबी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय,...

सभापति देउवाद्वारा अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति दुःख व्यक्त

२०८१ असार ४ गते १५:५७

काठमाण्डु, ४ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाका तर्फबाट आज शोक विज्ञप्ति जारी गरी ५६ वर्षीय गच्छदारको यही असार ३ गते...

सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा जारी

२०८१ असार ४ गते १५:४३

काठमाण्डु, ४ असार– सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक जारी छ । समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिएका छन । ती सदस्यले भने ‘अहिले बैठक जारी छ’, । सहकारीको रकम...

रौतहटमा श्रीमानले गरे श्रीमतीको हत्या

२०८१ असार ४ गते १४:०५

काठमाण्डु, ४ असार– प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ । उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै...

१५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ असार ४ गते १३:१६

काठमाण्डु, ४ असार– प्रहरीले १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाल रहेको प्रहरीले जानकारी दिएको छ । अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा...

कर्णाली प्रदेशका सडकलाई बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने सांसद थानीको चेतावनी

२०८१ असार ४ गते १३:११

काठमाण्डु, ४ असार–कांग्रेस सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने घोषणा गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठको आकस्मिक समयमा बोल्दै सांसद थानीले यस्तो बताएका हुन । उनले सरकारले कर्णाली प्रदेशका...

महासेठलाई सांसद शाहीको प्रश्न: तपाईँ नेपालकै कि धनुषाको मन्त्री ?

२०८१ असार ४ गते १३:०७

काठमाण्डु, ४ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं सचेतक ज्ञानेन्द्र शाहीले भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठलाई नेपालको मन्त्री कि धनुषाको मात्र मन्त्री बनेको हो भनेर प्रश्न गरेका छन । आज (मंगलबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले यस्तो प्रश्न गरेका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us