सिरहामा कुटपिट गरी एक युवकको हत्या

काठमाण्डु टुडे २०८१ असार ४ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ४ असार– सिरहाको धनगढीमाई नगरपालिका–१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या भएको खुलेको छ ।

हत्या गरेको अभियोगमा सिरहा प्रहरीले नरहा गाउँपालिका–१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पीजीआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us