रौतहटमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८१ असार ४ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ४ असार– प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ ।

उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ, ‘मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टी गरेकी छिन् ।’

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उपरीक्षक घिमिरेले जानकारी दिएका छन ।

हत्या आरोपमा अनुसन्धानका लागि मसुदलाई हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिइने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us