कर्णाली प्रदेशका सडकलाई बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने सांसद थानीको चेतावनी

काठमाण्डु टुडे २०८१ असार ४ गते १३:११ मा प्रकाशित

काठमाण्डु, ४ असार–कांग्रेस सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने घोषणा गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठको आकस्मिक समयमा बोल्दै सांसद थानीले यस्तो बताएका हुन ।

उनले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति व्यक्त गरेका हुन ।

उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिएका हुन ।

उनले कर्णालीलाई सरकारले विभेद गरेको भन्दै उनले प्रश्न गरे, ‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडरहने हो ? समानुपातिक विकास भनेको यही हो ?’ उनले सरकारकै कारण कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु मार्ग बनेको आरोप लगाएका छन ।

उनले भने, ‘समानुपातिक बजेट दिन्छु भनेको कुरा कर्णालीलाई मृत्यु राजमार्ग वहन गर्न दिएको हो ? ‘यही तरिका हो भने कर्णालीका सांसदहरुले संसद घेराउ गर्नुपर्ने छ । मन्त्रालय घेराउ गर्नुपर्ने छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us