काठमाण्डु, ४ असार– प्रहरीले १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाल रहेको प्रहरीले जानकारी दिएको छ ।
अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।