लागुऔषध सहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार ४ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, ४ असार– प्रहरीले नवलपरासी पश्चिमबाट अवैध लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एवाई ५४५० नम्बरको मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us