समाचार

संविधान संशोधन गर्न आवश्यक छ: कांग्रेस

२०८१ असार ६ गते १३:३१

काठमाण्डु, ६ असार– पूर्व अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक भएको बताएका छन । आज (बिहीबार) काठमाण्डुमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन ।...

महिला नेतृत्वलाई देउवाको सुझावः विद्या भण्डारीजस्तै सक्षम बन्नोस्

२०८१ असार ६ गते १३:२४

काठमाण्डु, ६ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन । आज (बिहीबार) कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन ।...

रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु, १७ जना घाइते

२०८१ असार ६ गते १३:१९

काठमाण्डु, ६ असार– आज (बिहिबार) सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५०...

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री प्रचण्ड

२०८१ असार ६ गते १३:१२

काठमाण्डु, ६ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने जानकारी दिएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन । उनले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको दाबी...

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे गराए सदनलाई जानकारी

२०८१ असार ६ गते १३:०७

काठमाण्डु, ६ असार– आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भारत भ्रमण बारे जानकारी गराएका हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको...

टी– २० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

२०८१ असार ६ गते १२:२५

काठमाण्डु, ६ असार– आज (बिहिबार) टी– २० विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेका छन । विश्वकपमा...

जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने

२०८१ असार ६ गते १२:१९

काठमाण्डु, ६ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो...

पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान, एक जना धरौटीमा छुटे

२०८१ असार ६ गते १२:१३

काठमाण्डु, ६ असार– पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा रिहा भएका छन । हिजो बुधबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको थियो...

राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान छ: देउवा

२०८१ असार ६ गते १२:०६

काठमाण्डु, ६ असार– पूर्व प्रधानमन्त्री एव कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन । आज (बिहिबार) काठमाण्डुमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।...

नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त

२०८१ असार ५ गते १७:५०

काठमाण्डु, ५ असार– नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तीमा परेका छन् । मल्ललाई समरी सैनिक जनरल अदालतले मंगलबार बर्खास्तीको निर्णय गरेको हो । सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले मल्ललाई बर्खास्त गरेको बताए । न्यूयोर्कस्थित संयुक्त...

झलनाथले हारे निर्वाचनको मुद्दा

२०८१ असार ५ गते १७:४८

काठमाण्डु, ५ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको छ । रिट खारेज भएसँगै एमाले नेता महेश बस्नेतले वैधानिकता पाएका छन्...

पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग

२०८१ असार ५ गते १७:४३

काठमाण्डु, ५ असार– काँग्रेस सांसद् धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै काँग्रेस उपसभापति गुरुङले आर्थिक सुशासन कायम गर्न तत्काल ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे । त्यसो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us