नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त

काठमाण्डु टुडे २०८१ असार ५ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ५ असार– नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तीमा परेका छन् ।

मल्ललाई समरी सैनिक जनरल अदालतले मंगलबार बर्खास्तीको निर्णय गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले मल्ललाई बर्खास्त गरेको बताए ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नियोगका सैनिक सहचारीका रुपमा कार्यरत रहेका बेला उनीविरुद्ध उमेरसम्बन्धी उजुरी परेको थियो ।

उजुरीपछि सैनिक मुख्यालयले मल्ललाई नेपाल फिर्ता बोलाएको थियो । मल्ल हाल सैनिक प्रहरीको हिरासतमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us