रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु, १७ जना घाइते

काठमाण्डु टुडे २०८१ असार ६ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, ६ असार– आज (बिहिबार) सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिएका छन ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना सवार रहेका प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us