राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान छ: देउवा

काठमाण्डु टुडे २०८१ असार ६ गते १२:०६ मा प्रकाशित

काठमाण्डु, ६ असार– पूर्व प्रधानमन्त्री एव कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन ।

आज (बिहिबार) काठमाण्डुमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने दाबी गरेका छन ।

उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने पनि बताएका छन ।

उनले नेपाली कांग्रेसभित्र महिलाहरूमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरेका छन ।

उनले अहिले संसारभर नै महिलाहरूको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति भइसकेको उल्लेख गर्दै त्यस्ते बन्न आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us