
काठमाण्डु, ६ असार– आज (बिहिबार) टी– २० विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो ।
एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेका छन । विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।
दक्षिण अफ्रिकाविरुद्ध नेपालले बेहोरेको एक रनको हार भने चर्चाको विषय बनेको थियो । नेपाल आफ्नो इतिहासमै दोस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको थियो ।