घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ३ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, ३ असार– मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय वीरबहादुर प्रजा रहेका छन ।

आज बिहान जिल्लाको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन ।

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले जानकारी दिएका छन ।

उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ । घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us