पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ३ गते १८:३६ मा प्रकाशित

काठमाण्डु, ३ असार– पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा –३ का ५६ वर्षीय विमल प्रसाद पन्त रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बेलुका घरमा बसिरहेको बेला विमलमाथि चट्याङ खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन ।

चट्याङ लागेर घाइते भएका उनलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा राति नै डाक्टरले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us