राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

काठमाण्डु टुडे २०८१ असार ४ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, ४ असार– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

उनले भने, ‘म कम आक्रोश पोख्ने मान्छे हुँ, जुन दिनदेखि भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हात पर्‍यो असाध्यै रिस उठेको छ, च्यातेर हुर्‍याउन मन लागेको छ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us