काठमाण्डुबाट ६ केजी सुन र ४८ लाख नगद सहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डु टुडे २०८१ असार ३ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, ३ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाण्डुबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेको बताइएको छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

काठमाण्डु महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको उनले जानकारी दिएका छन ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us