समाचार

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन

२०८१ साउन ९ गते १०:३४

काठमाण्डु, ८ साउन– लुम्बिनी प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद गठन गरीएको छ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र कांग्रेसका चाररचार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् ।...

मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ

२०८१ साउन ८ गते १९:५८

काठमाण्डु, ८ साउन– पहरीले बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली...

सांसदले ५ हजार घूस खुवाएको विषयमा छानबिन गर्न समिति गठन

२०८१ साउन ८ गते १९:४७

काठमाण्डु, ८ साउन– पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले छोराको प्रमाणपत्रको समकक्षता लिन ५ हजार रुपैयाँ घुस दिएको प्रकरण छानबिनका लागि सरकारले समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव केशवप्रसाद दाहालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार उक्र प्रकरण छानबिन गर्न...

कार्कीको सचिवालयले भन्योः सचिवलाई शौचालयमा थुन्छु भनेको होइन, कमिशन मागेपछि सचेत गराइएको हो

२०८१ साउन ८ गते १९:३८

काठमाण्डु, ७ साउन– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले सेवाग्राहीबाट कमिशन मागेका कारण सचेत गराइएको बताएका छन् । कार्कीको सचिवालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै विराट गोल्डकपको २५ लाख रकम निकाशा गर्न कमिशन मागेको आरोप लगाएको हो ।...

पूर्वमुख्यमन्त्रीले शौचालयमा थुन्ने धम्की दिएको भन्दै सचिवद्वारा उजुरी

२०८१ साउन ८ गते १९:२६

काठमाण्डु, ७ साउन– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीविरुद्ध प्रदेश सरकारका एक सचिवले मंगलबार स्थानीय प्रशासनमा उजुरी दिएका छन् । आफूलाई शौचालयमा थुन्ने धम्की दिएको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् । यस्तै उनले मुख्यमन्त्री तथा...

पूर्वमन्त्री किरातीको गीत: …छर्लङ्गै देखेको, देशमा के–के भो ?

२०८१ साउन ८ गते १८:१४

काठमाण्डु, ८ साउन– पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले कांग्रेस र एमालेसहितको सरकारमा समावेशी सिद्धान्तको धज्जी उडेको आारेप लगाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसद किरातीले यस्तो आरोप लगाएका हुन । उनले पहिलापहिला वामपन्थी अगुवाहरूले गाउँमा आएर गीत गाएको स्मरण...

वर्तमान सरकारले समावेशी सिद्धान्तको धज्जी उडाएको छ: पूर्वमन्त्री किराती

२०८१ साउन ८ गते १८:१२

काठमाण्डु, ८ साउन– पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले कांग्रेस र एमालेसहितको सरकारमा समावेशी सिद्धान्तको धज्जी उडेको आारेप लगाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसद किरातीले यस्तो आरोप लगाएका हुन । उनले पहिलापहिला वामपन्थी अगुवाहरूले गाउँमा आएर गीत गाएको स्मरण...

बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

२०८१ साउन ८ गते १७:४३

काठमाण्डु, ८ साउन– बागमती प्रदेशको मुख्यमन्त्रीमा बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका...

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

२०८१ साउन ८ गते १७:३५

काठमाण्डु, ८ साउन– भोलि बुधबार निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ । प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिएका छन ।...

प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ: सञ्चार मन्त्री गुरुङ

२०८१ साउन ८ गते १६:३०

काठमाण्डु, ८ साउन– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताएका छन । आज मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । मन्त्री गुरुङले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने पनि बताएका छन...

माओवादीलाई शेखरको प्रश्न: १० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनु भयो ?

२०८१ साउन ८ गते १६:२०

काठमाण्डु, ८ साउन– कांग्रेस सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको दाबी गरेका छन । आज मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । सांसद कोइरालाले संविधानमै हरेक १० वर्षमा संविधान...

६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने निर्णय

२०८१ साउन ८ गते १६:११

काठमाण्डु, ८ साउन– आज मंगलबारदखीनै विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाईनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको स्रोतले जानकारी दिएको छ । तीन महिनाभित्र उद्योगीहरुको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us