ओली र प्रचण्डहरूले बिदा लिदा पार्टीमा ऊर्जा आउँछः ठाकुर गैरे

काठमाण्डु टुडे २०८३ साउन १० गते १८:१३ मा प्रकाशित

काठमाण्डू, १० साउन– एमाले नेता ठाकुर गैरेले यथास्थितिमा हुने वाम एकताले कार्यकर्तामा ऊर्जा नआउने दाबी गरेका छन । एमाले पुनगर्ठनमा पूर्वअखिलहरुको भूमिका विषयक अन्तरक्रियमा बोल्दै एमाले नेता गैरेले यस्तो बताएका हुन । उनले केपी ओली, प्रचण्ड र माधव नेपालहरुले बिदा लिनुपर्ने समेत बताएका छन ।

एमाले नेता गैरे‘नेताहरु मिलेर हात हल्लाउदा अब पार्टीमा उर्जा आउँदैन, उहाँहरुले छोडेको घोषणा गर्दा ऊर्जा आउँछ,’ गैरेले भने । एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्दा ५ लाख मानिस उतार्न सकिने प्रचण्डको अभिव्यक्तिप्रति गैरेले व्यंग गरे ।

‘अहिले पाँच सय मानिस उतार्ने स्थिति छ ?,’ उनले प्रश्न गरे, ‘सुकुमवासी जोगाउन सकिएको छैन । जनताले हामीलाई पत्याएको स्थिति छैन ।’

अनेरास्ववियुका पूर्व अध्यक्ष गैरेले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले मात्र पार्टी पुनगर्ठन संभव हुने । ‘अहिलेको कमिटीहरू विघटन गरौं । मूल नेतृत्वले बिदा लिएर आफू मुनिको नेतालाई छोडोस्,’ गैरेले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us