लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाण्डु टुडे २०८१ साउन ९ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, ८ साउन– लुम्बिनी प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद गठन गरीएको छ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र कांग्रेसका चाररचार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन ।

साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने स्रोतले जानकारी दिएको छ । नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन भने कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

एमाले दलका उपनेतासमेत रहेका आचार्यले शपथ लिएकै दिन दलका नेता लीला गिरीले भने पदबाट राजीनामा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us