काठमाण्डू, १० साउन– प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक क्रियाकलाप र भूमिको विश्लेषणपछि प्रधानमन्त्री शाहको टोलीले उनलाई टिमबाट बिदा गर्ने निष्कर्ष निकालेको हो ।
‘उहाँलाई टिममा राख्दा समस्या हुन्छ र प्रधानमन्त्रीको समग्र टिमको छविमा नै असर पर्छ भन्ने सामूहिक निष्कर्ष थियो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसम्वद्ध स्रोतले भन्यो, ‘त्यसपछि उहाँलाई बोलाएर सम्झाउने र पत्र दिएर बिदा गर्ने सामूहिक सुझावपछि प्रधानमन्त्रीज्यू सहमत हुनुभएको थियो ।
जिम्मेवारीबाट अलग भएको पत्र दिने निर्देशन आइसकेको छ ।’ सिंहदरबार सम्वद्ध स्रोतका अनुसार, प्रधानमन्त्रीको सचिवालयमा रहेका खनालमाथि गत १ असारको पासपोर्ट प्रकरणमा गरेको व्यवहार र भूमिकामाथि प्रश्न उठेको थियो ।
त्यो दिन राहदानी विभागका अधिकारी र अख्तियारका पदाधिकारीसामू उनी निकै चर्को र उग्र रुपमा प्रस्तुत भएका थिए ।