काठमाण्डु, ८ साउन– पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले कांग्रेस र एमालेसहितको सरकारमा समावेशी सिद्धान्तको धज्जी उडेको आारेप लगाएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसद किरातीले यस्तो आरोप लगाएका हुन । उनले पहिलापहिला वामपन्थी अगुवाहरूले गाउँमा आएर गीत गाएको स्मरण गर्दै सरकार काशी जान्छु भनेर कुत्तिको बाटो लागेको टिप्पणी गरेका छन । उनले भने, ‘देखेको त जालैले छेकेको,छेकेपनि छर्लङग देखेको ।
हेर गाउँले हो, छर्लङगै देखेको देशमा केके भो’ पहिला पहिला वामपन्थी अगुवाहरूले गाउँमा आएर यस्तो गीत गाएजस्तै अहिलेको सरकारलाई व्याङग्यबाण प्रहार गरेका हुन ।
उनले भने, ‘सरकारको चित्र हेर्दा समावेशीताको धज्जी उडेको छ, काशी जान्छु भनेर सरकार कुत्तिको बाटो लागेको छ भन्ने लागेको छ, ‘देश तीन करोड नेपाली जनताको हो । प्रतिपक्ष सानो छ भनेर ठुलो स्वरले हेप्न थालिएको छ । लोकतन्त्रमा आकार होइन मुद्दाले स्थान लिन्छ ।’उनले लोकतन्त्रमा आकार हुनेभए महाकालीमा किन राष्ट्रघात भयो भन्दै प्रश्न गरे ।
उनले सरकार बदलिएसँगै धेरै कुरा बदलिएको र हिजो छानबिन हुँदैगर्दा सिमाना नाघ्यो भन्नेहरु आज ठुलाठुला मन्त्री भएकाले सुशासनको जगलाई मूर्ख बनाएर संविधान संशोधनको जामा लगाइदिएको बताएका छन ।