समाचार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १८ जनाको मृत्यु

२०८१ साउन ९ गते १२:४४

काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको जानकारी दिएका छन । २२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने उनले जानकारी...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः क्याप्टेनको उद्धार

२०८१ साउन ९ गते १२:३७

काठमाण्डु, ९ साउन– सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरीएको छ । ३७ वर्षीय क्याप्टेन मनिष शाक्य को उद्धार गरिएको हो । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः ४ जनाको शव फेला

२०८१ साउन ९ गते १२:३०

काठमाण्डु, ९ साउन– आज बुधबार काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव फेला परेको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ । दुर्घटना स्थलबाट ८...

दुर्घटनामा परेको जहाजमा सबै सौर्यकै कर्मचारी: प्रहरी

२०८१ साउन ९ गते १२:२६

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ । सौर्यको ९ एन–एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः १५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाजमा...

सौर्य एयरविमान दुर्घटनाका कारण विमानस्थल बन्द

२०८१ साउन ९ गते १२:२०

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उड्ने बित्तिकै भएको सौर्य एयरलाइन्स दुर्घटनाको कारण उडान र अवतरण प्रभावित बनेको छ । सोही अनुसार ढाकाबाट काठमाण्डु आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ । यस्तै थाइ एयरवेजको...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः २ जनाको शव फेला

२०८१ साउन ९ गते १२:१२

काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव भेटिएको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेको स्रोतले जानकारी दिएको छ । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः गृहमन्त्री विमानस्थलमा

२०८१ साउन ९ गते १२:०८

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना भए लगतै गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटनामा परेको हो । जहाजमा १९...

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा

२०८१ साउन ९ गते १२:०४

काठमाण्डु, ९ साउन– काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको खुलेको छ । जहाज काठमाण्डुबाट पोखराका लागि उडेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको...

प्राविधिक टोली सहित पोखरा उड्न लागेको थियो सौर्यको जहाज

२०८१ साउन ९ गते ११:५५

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको विमानस्थल स्रोतले जानकारी दिएको छ । जहाज भर्खरै दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको थापाले...

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

२०८१ साउन ९ गते ११:४८

काठमाण्डु, ९ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन १० गते विहीबार बिहान ११ बजे बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन । केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

२०८१ साउन ९ गते ११:३७

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको विमानस्थल स्रोतले जानकारी दिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा रहेका छन । उड्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर...

एमाले लुम्बिनी संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

२०८१ साउन ९ गते ११:०९

काठमाण्डु, ९ साउन– एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा बझाएका छन । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए । आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us