सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः २ जनाको शव फेला

काठमाण्डु टुडे २०८१ साउन ९ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव भेटिएको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेको स्रोतले जानकारी दिएको छ ।

जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us