त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाण्डु टुडे २०८१ साउन ९ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको विमानस्थल स्रोतले जानकारी दिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा रहेका छन ।

उड्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिएका छन । दुर्घटनाको विस्तृत विवरण भने आएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us