सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः ४ जनाको शव फेला

काठमाण्डु टुडे २०८१ साउन ९ गते १२:३० मा प्रकाशित

काठमाण्डु, ९ साउन– आज बुधबार काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव फेला परेको छ ।

दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ । दुर्घटना स्थलबाट ८ जनालाई उद्धार गरिएको सैनिक प्रवक्ता (सहायक रथी) गौरव कुमार केसीले जानकारी दिएका छन ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज पोखराका लागि उडेको जानकारी दिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको अधिकारीहरुले जानकारी दिएका छन ।

जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेको जहाजमा सबै सौर्यकै कर्मचारी भएको खुलेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us