काठमाण्डु, ९ साउन– सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरीएको छ । ३७ वर्षीय क्याप्टेन मनिष शाक्य को उद्धार गरिएको हो ।
उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।
अन्यको पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज पोखराका लागि उडेको जानकारी दिए ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको अधिकारीहरुले जानकारी दिएका छन । जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् ।
जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेको जहाजमा सबै सौर्यकै कर्मचारी भएको खुलेको पनि प्रहरीले जानकारी दिएको छ ।