सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः गृहमन्त्री विमानस्थलमा

काठमाण्डु टुडे २०८१ साउन ९ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना भए लगतै गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।

जहाजमा १९ जना सवार रहेको जनाइएको छ भने उद्धारकर्ताले केहीको शव निकालेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us