दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा

काठमाण्डु टुडे २०८१ साउन ९ गते १२:०४ मा प्रकाशित

काठमाण्डु, ९ साउन– काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको खुलेको छ । जहाज काठमाण्डुबाट पोखराका लागि उडेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन ।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जानकारी दिएको छ । अहिले उद्धारको काम जारी रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us