समाचार

नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्‍यो: कांग्रेस सांसद भण्डारी

२०८१ साउन ८ गते १६:००

काठमाण्डु, ८ साउन– कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालमा डाक्टर, नर्स पढाउन मिल्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन । आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले यस्तो बताउका हुन । उनले बंगलादेशलगायत बाहिरी मुलुकमा पढ्न जाने विद्यार्थीले गर्ने खर्चको हिसाब...

डीआईजी पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

२०८१ साउन ८ गते १५:४२

काठमाण्डु, ८ साउन– सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपनि नियुक्ति नपाएर डीआईजीबाटै अवकाश भएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश जारी गरेको छ । आज मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेशलाई बदर गर्दै निवेदन दर्ता...

‘स्नातकोत्तर गरेकी छु, तर मन्त्रीका लागि योग्य भइनँ !’

२०८१ साउन ८ गते १५:३२

काठमाण्डु, ८ साउन– कांग्रेसकी सांसद सुशिला थिङले संविधानअनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न उठाएकी छन । आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएकी हुन । उनले संविधान अनुसार ३३ प्रतिशत...

५ हजार घुस प्रकरण: छानबिन गर्न गृहमन्त्रीको निर्देशन

२०८१ साउन ८ गते १५:००

काठमाण्डु, ८ साउन– गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी दिएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री...

बागमतीमा कांग्रेस र एमालेबीच २०–२० महिना मुख्यमन्त्री हुने सहमति

२०८१ साउन ८ गते १४:३५

काठमाण्डु, ८ साउन– बागमती प्रदेशमा कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । आज मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिएका छन ।...

प्रहरी हुँ भन्दै रकम मागेको आरोपमा एकजना पक्राउ

२०८१ साउन ८ गते १४:२७

काठमाण्डु, ८ साउन– प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ । क्षेत्रीले सामाजिक सञ्जालमार्फत...

पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई कुट्ने धम्की दिएको आरोप

२०८१ साउन ८ गते १४:१९

काठमाण्डु, ८ साउन– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ । पूर्व मुख्यमन्त्री कार्कीले टेलिफोनबाट उक्त धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका हुन् । आफ्नो कार्यालयमा निवेदन परेको...

माओवादीलाई गिरीको प्रश्नः उद्योगीहरूसँग विद्युत् महसुल किन असुली गरिएन ?

२०८१ साउन ८ गते १४:१०

काठमाण्डु, ८ साउन– पूर्व मन्त्री एवं सत्तारुढ एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले नियम बमोजिम उद्योगीहरूले पनि विद्युत् महसुल तिर्नुपर्छ भन्ने अभिव्यक्तिमाथि नेकपा माओवादी केन्द्रले भ्रम छर्ने प्रयास गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक...

अस्पताल बनाउने भनेर चर्च बनाइयो: सांसद शाही

२०८१ साउन ८ गते १४:०४

काठमाण्डु, ८ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएकोबारे संसद्‍मा जानकारी गराएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र...

२२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ साउन ८ गते १३:५३

काठमाण्डु, ८ साउन– प्रहरीले २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । नेपालीले ती महिलालाई आफ्नै घरमा लगी आइतबार बिहान...

५ हजार घुस प्रकरण: मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

२०८१ साउन ८ गते १३:४३

काठमाण्डु, ८ साउन– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद राजेन्द्र केसीले एउटा पूर्वमन्त्री र बहालवाला सांसदले सर्टिफिकेट प्रमाणित गर्न ५ हजार रुपैयाँ घुस दिनुपरेको विषयबारे सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले तीन दिनभित्र संसद्मा जवाफ दिनुपर्ने बताएका छन । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै...

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८१ साउन ८ गते १३:३७

काठमाण्डु, ८ साउन– धनुषा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शहिदनगर नगरपालिका– ४ ननुपट्टी बस्ने १८ वर्षीय अख्तर राईन रहेको प्रहरीले जानकारी दिएको छ । धनुषाको शहिदनगर नगरपालिका–६ हठ्ठिपुरस्थित यदुकुहाबाट हठ्ठिपुरतर्फ जाँदै गरेको मधेस प्र.–०२–००६ प ८५७५ नम्बरको मोटरसाइकलको ठक्करबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us