मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ८ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ८ साउन– धनुषा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शहिदनगर नगरपालिका– ४ ननुपट्टी बस्ने १८ वर्षीय अख्तर राईन रहेको प्रहरीले जानकारी दिएको छ ।

धनुषाको शहिदनगर नगरपालिका–६ हठ्ठिपुरस्थित यदुकुहाबाट हठ्ठिपुरतर्फ जाँदै गरेको मधेस प्र.–०२–००६ प ८५७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री राईनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि गोदावरी होस्पिटल जनकपुर धनुषा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us