काठमाण्डु, ८ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएकोबारे संसद्मा जानकारी गराएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको जानकारी दिएका छन ।
संसद शाहीले भने, ‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो ।
पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो । र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्, ‘धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन ।
झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन ।’ उनले यसरी धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न समेत सरकारसँग माग गरेका छन ।