समाचार

त्रिशूलीमा बस खस्दा हराएका शव खोजिदिन भारतलाई भनेको छुः ओली

२०८१ साउन ७ गते २०:३६

काठमाण्डु, ६ साउन– प्रधानमन्त्री केपी ओलीले गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा बस खस्दा हराइरहेका नेपालीहरुको शवको खोजी कार्यमा सघाउन भारत सरकारलाई अनुरोध गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा प्रश्नोत्तरका क्रममा कांग्रेस सांसद दीपक गिरीको प्रश्नको जवाफ दिंदै ओलीले भारतको...

मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति

२०८१ साउन ७ गते १८:१९

काठमाण्डु, ७ साउन– काठमाण्डु महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ । सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो । सुमनराज...

लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

२०८१ साउन ७ गते १७:३३

काठमाण्डु, ७ साउन– लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उप–नेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको...

नेपालीले एक वर्षमा खाए २८ अर्बभन्दा बढीको विदेशी तरकारी

२०८१ साउन ७ गते १७:२२

काठमाण्डु, ७ साउन– नेपाली आर्थीक बर्ष ०८१ ८२ मा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी आयत गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो । एक वर्षमा ५ लाख ४५...

चितवनको इच्छाकामनामा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते

२०८१ साउन ७ गते १६:४५

काठमाण्डु, ७ साउन– चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन । अनुसार कावासोतीबाट काठमाण्डुतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय...

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल: माधव नेपाल

२०८१ साउन ७ गते १६:११

काठमाण्डु, ७ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन । आज (सोमबार)  ४६ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै नेपाली...

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यले गरे दाबी पेस

२०८१ साउन ७ गते १६:००

काठमाण्डु, ७ साउन– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । उनले आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले समक्ष दाबी पेस गरेका हुन । आइतबार जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १...

मन्त्रिपरिषद् समावेशी भएन: कांग्रेस सांसद यादव

२०८१ साउन ७ गते १५:२८

काठमाण्डु, ७ साउन– कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले मन्त्रिपरिषद् समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको विरोध गरेकी छन । आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले २०१५ सालको सरकार समावेशी रहेको स्मरण गरेकी छन । उनले भनिन्, ‘२०१५ सालमा वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको...

प्रतिनिधिसभामा केपी ओली र वर्षमान पुनबीच भनाभन

२०८१ साउन ७ गते १५:२६

काठमाण्डु, ७ असोज– प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् । सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो । सत्तारुढ...

संसदमा रिसाए प्रधानमन्त्री, जथाभावी नबोल्न चेतावनी

२०८१ साउन ७ गते १५:२१

काठमाण्डु, ७ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद...

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिन्छ: प्रधानमन्त्री ओली

२०८१ साउन ७ गते १५:०८

काठमाण्डु, ७ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक संयन्त्रबाट समाधान गर्ने समझदारी भएको बताएका छन । आज सोमबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो...

उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

२०८१ साउन ७ गते १५:०३

काठमाण्डु, ७ साउन– नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने भएको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो । नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us