मन्त्रिपरिषद् समावेशी भएन: कांग्रेस सांसद यादव

काठमाण्डु टुडे २०८१ साउन ७ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, ७ साउन– कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले मन्त्रिपरिषद् समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको विरोध गरेकी छन । आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले २०१५ सालको सरकार समावेशी रहेको स्मरण गरेकी छन ।

उनले भनिन्, ‘२०१५ सालमा वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो । तर अहिलेको यो सरकार समावेशी छैन । नेतृत्व समावेशी बनाउन चुक्नुभएको छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us