लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

काठमाण्डु टुडे २०८१ साउन ७ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, ७ साउन– लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उप–नेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ । यसअघि आचार्यले कांग्रेस एमालेका ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us