समाचार

बालेनविरुद्ध विज्ञप्ति: परिस्थितिले हिंसात्मक रुप लिए तपाईंले नै जिम्मेवारी लिनुपर्छ

२०८१ साउन ६ गते १८:३९

काठमाण्डु, ६ साउन– काठमाण्डु महानगरपालिकाले न्युरोडमा गरिरहेको फुटपाथ विस्तारको विरोधमा स्थानीयको नाममा आइतबार एक विज्ञप्ति जारी भएको छ । वडा नम्बर २२, २३ र २४ का स्थानीय जनताको नाममा जारी विज्ञप्तिमा आफूहरुले फुटपाथ विस्तारविरुद्ध शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहेपनि नगरप्रहरी र अन्य व्यक्तिहरुले धाकधम्की दिने...

प्रधानमन्त्रीको प्रतिप्रश्नः गिरिबन्धुको हो-हल्ला केका लागि ?

२०८१ साउन ६ गते १८:३३

काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटमा आफूलाई जोड्न आवश्यक नभएको बताएका छन । आज (आइतबार) प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावमाथि प्रनिनिधिसभामा भएको छलफलमा गिरिबन्धुको विषय उठेको थियो । रास्वपाका सभापति रवि लामिछानेले गिरिबन्धु के हुन्छ भनेर...

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

२०८१ साउन ६ गते १८:२७

काठमाण्डु, ६ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित...

बागमतीमा २ दिन समय दिएर नयाँ सरकार गठन आह्वान

२०८१ साउन ६ गते १८:२०

काठमाण्डु, ६ साउन– बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका छन । आज आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई...

जनताले अर्को जंगबहादुर खोजेका होइनन्: माधव नेपाल

२०८१ साउन ६ गते १७:११

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले...

वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज होः गोकर्ण विष्ट

२०८१ साउन ६ गते १६:४०

काठमाण्डु, ६ साउन– एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको दाबी गरेका छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै उनले यस्तो बताएका हुन । सचिव विष्टले पूर्वप्रधानमन्त्री...

विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट

२०८१ साउन ६ गते १६:३१

काठमाण्डु, ६ साउन– विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले जानकारी दिएका छन । मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार...

ओलीमाथि माधवको कटाक्ष: आफू स्वर्गतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो

२०८१ साउन ६ गते १६:२५

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको भन्दै कटाक्ष गरेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन...

विश्वासको मतमाथिको छलफलको क्रममा समेत संसद‍्मा बसेनन् केपी ओली

२०८१ साउन ६ गते १६:१३

काठमाण्डु, ६ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई महत्त्व नदिएको पाइएको छ । आफैँले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी रहँदा ओली बैठकस्थलबाट बाहिरिएका छन । आज आइतबार प्रतिनिधिसभामा आफ्नो प्रस्ताव पेस भएपनि केही बेर बैठकमा बसेका...

ओलीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन: राप्रपा

२०८१ साउन ६ गते १६:०७

काठमाण्डु, ६ साउन– राजेन्द्र लिङ्देनले नेतृत्वको राप्रपाकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत दिनका लागि दलहरू सच्चिन जरुरी रहेपनि अहिले त्यसको कुनै सम्भावना नरहेको राप्रपा अध्यक्ष राजेन्द्र...

कांग्रेस सांसद विनोद चौधरीतर्फ संकेत गर्दै रविले भनेः हाजिरी जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो

२०८१ साउन ६ गते १६:०१

काठमाण्डु, ६ साउन– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको सुरुवातले आफूहरुलाई झस्काएको बताएका छन । आज (आइतबार) प्रतिनिधि सभामा विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन । उनले...

ओलीलाई रविको जवाफः सुरुवाती संकेतले हामीलाई झस्कायो

२०८१ साउन ६ गते १५:५८

काठमाण्डु, ६ साउन– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको सुरुवातले आफूहरुलाई झस्काएको बताएका छन । आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us